रामचन्द्र पौडेलबिनाको कांग्रेसको अन्तिम बैठक

डिसी नेपाल
२३ मंसिर २०७८ १४:२१

काठमाडौं। नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। १३औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिको सो बैठकलाई अन्तिम बैठक पनि भनिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बहिस्कार गरेका छन्। बैठकले विधान संशोधन गर्ने तयारी गरेपछि पौडलले बहिस्कार गरेको बताइएको छ।

शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न भनेर डाकिएको सो बैठकमा विधान संशोधन प्रस्ताव लैजाने तयारी भएको थियो।  नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको चर्चाकाबीच पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *