सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छुः प्रकाशमान सिंह

काठमाडौं।नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए ।
उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताए । नेताहरुले छलफल गरौं भनेको र आफूले न्याय पाउनुपर्छ भनेको उनले बताए ।
उनले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको बताए । यसअघिको महाधिवेशनमा आफू ब्याक भएको उनको भनाइ थियो। ‘१३ औं महाधिवेशनमा म ब्याक भएको हो नि सभापति र महामन्त्रीबाट’उनले भने ।
प्रतिक्रिया
Facebook Comment