लैङ्गिक हिंसा अन्त्यको लागि कपिलवस्तुमा साझा प्रतिबद्धता

डिसी नेपाल
२३ मंसिर २०७८ २०:५०

काठमाडौं।लैङ्गिक हिंसा न्यून गर्न कपिलवस्तुमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा हिंसा अन्त्यका लागि नीति निर्माणमा जोड दिनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।

कपिलवस्तु जिल्लाको अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा हिंसा हुने दर घटाउन सचेतना मूलक कार्यक्रम, हिंसा प्रभावितलाई सहयोग हुनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा कपिलवस्तु जिल्लामा लैङ्गिक हिंसाको घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क चालु आर्थिक वर्षमा १३८ महिला हिंसाका घटना दर्ता भएको बताइएको थियो । यही अवधिमा कपिलवस्तु अस्पताल एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले १०६३ लैङ्गिक हिंसा प्रभावितले सेवा लिएका सहजकर्ता रत्नकाजी बज्राचार्यले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले लैङ्गिक हिंसा न्यून गर्न पालिकाको ध्यान पुग्नु पर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, जिल्ला समन्वय समिति उपप्रमुख तारावती थारु, सामाजिक अभियन्ता शिवलाल यादव, अर्जुन थापा मगर, तेज प्रसाद आचार्य, रवीन्द्र नाथ ठाकुर, विमला पौडेल लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले हिंसा घटाउन प्रतिबद्धता गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *