कांग्रेसको १४ औँ महाधिवेशन भव्य समारोहबीच भृकुटीमण्डपमा उद्घाटन (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उनले महाधिवेशनको उद्घाटन गरेका हुन् । समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आएका अतिथिहरु उपस्थित छन् ।
कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ छ ।
प्रतिक्रिया
Facebook Comment