हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौंः अध्यक्ष ओली

डिसी नेपाल
२४ मंसिर २०७८ २०:३८

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उनले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । उनले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राखे ।

अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय र एकता जोगाउने जिकिर गरे । “राष्ट्रिय एकता जोगाउन राष्ट्रिय एजेण्डा, विचार दृष्टिकोण र उद्देश्य हुनुपर्दछ” उनले भने, “राष्ट्रिय समस्या पहिचान नगरी राष्ट्रिय र एकता जोगाउन सकिन्न ।”उनले कुनै कमिटीमा छानेर नेता हुने भ्रम पनि नराख्न आग्रह गरे । “पार्टी चोइटिएपछि पार्टी अध्यक्ष भइहालिन्छ । अध्यक्ष, उपाध्यक्षजस्ता पद प्राप्त गर्ने कुरा ठूला होइनन्” उनले भने, “नेताको आनीबानी, अरुसँग गर्ने व्यवहारले पनि नेतालाई स्थापित गर्दछ ।”

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले चितवनमा सम्पन्न भएको पार्टी महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएको बताए । भोलिदेखि शुरु हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति र कार्यभार बनाउनेसमेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *