सामुदायिक विकास तथा विश्वशान्त्ति पुरस्कारले नेपालको पत्रकारिता क्षेत्रमा योगदान पुग्नेछः मन्त्री श्रेष्ठ

डिसी नेपाल
२४ मंसिर २०७८ २२:१०

काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता पुरस्कारले नेपालको सो क्षेत्रमा काम गर्ने व्यक्तिमा योगदान पुग्ने बताएका छन्।

अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा ‘सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौँ अन्तरराष्ट्रिय सम्मान–२०२० कार्यक्रम’ का अवसरमा आज उनले सो पुरस्कारले मुलुकमा पत्रकारिता गर्ने व्यक्तिलाई हौसला बढाएर कामप्रति जागरुक बनाउने बताए । उनले भने, “पत्रकारले अन्याय र अत्याचारमा परेका व्यक्तिको हितमा न्याय गर्ने भएकाले सदैव यसको मर्यादामा रहेर काम गर्नुहुने विश्वास लिएको छु ।”

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले मुलुक समृद्धिका लागि कलम चलाउने पत्रकारमा समाज दिशानिर्देश गर्ने भूमिका रहने बताए। नेपाल डाइबिटिक सोसाइटीका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले पत्रकारितामार्फत विश्वशान्त्तिका लागि केही गर्छु भनेर लाग्ने व्यक्ति सम्मानित हुँदा गौरवान्वित महसुस भइरहेको बताए।

आज करिब दुई दशक अघिदेखि भारतको असम प्रान्तमा जन्मिएर गुवाहाटीबाट प्रकाशित हुने ‘सपरिवार’ नामक नेपाली भाषाको सामुदायिक विकास तथा वातावरण क्षेत्रमा कलम चलाउने मासिक पत्रिकामा काम गर्दै आएका नन्दकुमार देवान सम्मानित भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *