कांग्रेस महाधिवेशनः बद्री पाण्डे र मानबहादुर विश्वकर्माको सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

डिसी नेपाल
२५ मंसिर २०७८ १२:२९

काठमाडौं।नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ ।बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला उनीहरू मनोनयन दर्ता सुरु भएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *