न्यौपानेद्वारा सभापति उम्मेदवारी फिर्ता

डिसी नेपाल
२६ मंसिर २०७८ २१:०३

काठमाडौं। नेपाली कांग्रेस १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङ गरी पाँच जनाको उम्मेदवारी कायम छ ।

शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि न्यौपानेले आज उम्मेदवारी फिर्ता लिएका हुन्। पाँच जनामध्येबाट सभापतिमा एक जना निर्वाचित गर्नुपर्ने दायित्व महाधिवेशन प्रतिनिधिको काँधमा छ । यसैगरी दुई जना उपसभापतिका लागि महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार गरी सातै जनाको उम्मेदवारी कायमै रहेको छ । दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ ।

महामन्त्रीमा गगनकुमार थापा, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महतको उम्मेदवारी कायमै छ ।
एक महिला सहमहामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सहमहामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङ्दाङवेको उम्मेदवारी कायमै छ ।

खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् । मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकिलको उम्मेदवारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *