दाङमा ३ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

डिसी नेपाल
२६ मंसिर २०७८ २२:०५

काठमाडौं। दाङमा ३ लाख २९ हजार ७ सय ४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गएको माघ १४ गतेदेखि खोप लगाउन सुरुभएको दाङमा अहिलेसम्म ३ लाख २९ हजार ७ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

यो संख्या पहिलो डोज लगाउनेको हो । दुवै डोज लगाउनेको संख्या ३४ प्रतिशत अर्थात् एक लाख ४७ हजार ५ सय १७ जना रहेको कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।१८ वर्षमाथिका नागरिकले खोप लगाएका छन् । पहिलो डोज लगाउने घोराहीमा ९८ हजार ६ सय ५२, तुलसीपुरमा ८८ हजार ८ सय ४, लमहीमा ३२ हजार ५ सय ३५ जनाले खोपलगाएका छन् ।

बंगलाचुलीमा ६ हजार ५ सय ८, शान्तिनगरमा १५ हजार ७ सय २, बबईमा १४ हजार ५ सय १७, दंगिशरणमा १२ हजार ५ सय ९८, राप्तीमा २५ हजार १ सय ७७, गढवामा २१ हजार ७ सय ८७ जना र राजपुरमा १३ हजार ४ सय ६२ जनाले खोपलगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।साथै १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घ रोगीले समेत पहिलो डोज खोप लगाएका छन् ।

कात्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म पहिलो खोपलगाएका दीर्घ रोगीलाई सोमबारदेखि पुस २ गतेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो डोज खोप लगाइने शाहीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *