गुल्मीमा अक्सिजन उत्पादन शुरू
गुल्मी । गुल्मीको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट दैनिक ४० वटा सिलिन्डर अक्सिजन उत्पादन हुन थालेको हो ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको हो । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य अगाडि बढाइएको थियो ।
अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरु गुल्मी अस्पतालमा आएका थिए । तर, अक्सिजन प्लान्ट राख्ने भवनको समयमै काम नसक्दा अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको थियो । जसले गर्दा सामग्री खिया लाग्न थालेक थिए । प्राविधिक आएर प्लान्ट निर्माण कार्य पूरा भएकाले अक्सिजन उत्पादन हुन थालेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए ।
गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्ट १ करोड ३४ लाखको लागत बनेको छ । गत वैशाखमा कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावले उपचारमा निकै समस्या झेल्नुपरेकोमा अव अक्सिजन कमिको समस्या नहुने डा. पच्याले बताए ।
Facebook Comment