मतदान गरेर फर्केका देउवा फेरि किन छिरे मतदान स्थल ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान क्षेत्रको अवलोकन गरेका छन् ।
सभापतिका उम्मेदवारसमेत रहेका उनी आफूले मतदान गरेको केही समयपछि फेरि मतदानस्थलमा प्रवेश गरेर अवलोकन गरेका हुन् ।
अवलोकनपछि उनी केहीबेर मतदानस्थल अगाडि बसेर आराम पनि गरेका थिए । कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।
१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।
प्रतिक्रिया
Facebook Comment