कांग्रेस १४औँ महाधिवेशनः दुई हजार ८०९ मत खस्यो

डिसी नेपाल
२७ मंसिर २०७८ १८:३६

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा दुई हजार ८०९ मत खसेको छ । कांग्रेसको मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ५ः४५ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *