१२ वटा ड्रममा खसालिएको छ सभापतिको मत, आजै गन्न थालिने

डिसी नेपाल
२७ मंसिर २०७८ २२:२८

काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ ।

साढे १० बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई  खन्याएर मत गणना गर्ने जनाइएको छ ।

आज सभापतिको मात्र मतगणना हुने छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।

मतदान सकिएपछि प्राधिविक विषयहरु मिलाएर मध्यरात १२ बजेसम्मबाट मतगणना सुरु गर्न लागिएको कांग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभागृहमा ४ ठाउँमा ड्रम खन्याएर मतगणना गर्ने तयारी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *