कांग्रेस महाधिवेशनः मतदान सकियो, ४ हजार ६७९ मत खस्यो

काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । साढे ११ बजेसम्म ४ हजार ६७९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।समितिका अनुसार मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि एक घण्टामा मतगणना सुरु हुन्छ ।
काँग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने भएको छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुने छ भने अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।
काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर मतदान भएको थियो ।
प्रतिक्रिया
Facebook Comment