देउवालाई शेखरकाे टक्कर, दाेस्राे चरणमा जाने संकेत (मतसहित)

डिसी नेपाल
२८ मंसिर २०७८ ७:०४

काठमाडौं। नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। हालसम्म २ हजार २ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १०५१ मत ल्याएका छन्। उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन्।

कोइरालाले ७९३ मत पाउँदा प्रकाशमान सिंहको २०४, विमलेन्द्र निधिको१२० र कल्याण गुरुङले १० मत छ। सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *