२७७७ मत गणना : देउवा र शेखरबीच टक्कर, कसको कति मत ?

काठमाडौं। नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्छाइरहेका हुन्।
निर्वाचन समितिका अनुसार हालसम्म २ हजार ७ सय ७७ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ३ सय १८ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार २३ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ५, विमलेन्द्र निधिले १ सय ६६ र कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन्।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ। कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ।
Facebook Comment