देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

डिसी नेपाल
२८ मंसिर २०७८ ८:११

काठमाडौं। नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ। कुल ४ हजार ६७९ मत खसेको थियाे। हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन्।

निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार १९७ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन्।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *