सभापतिको पुनःमतदानमा हालसम्म दुई हजार १०० खस्यो

डिसी नेपाल
२८ मंसिर २०७८ १८:५२

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ । साँझ ६ः३० बजेसम्म दुई हजार १०० मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकरी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न छ स्थानबाट व्यवस्था भइरहेको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएकोे हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *