देउवालाई निःशर्त समर्थन गरेको हुँः प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्टीकरण दिएका छन् ।
सिंहले एक वक्तव्य जारी गर्दै आफूले दोस्रो चरणको निर्वाचनमा कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् ।
आदरणीय पत्रकार साथीहरू
जय नेपाल
नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ ।
निस्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ । कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।
जय नेपाल
प्रकाशमान सिं
Facebook Comment