एमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहितका ६ कम्युनिस्ट पार्टीको चेतावनी

डिसी नेपाल
२८ मंसिर २०७८ २०:४६

काठमाडौं । ६ वटा कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव), मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोनलको घोषणा गर्ने चेतावनी दिएको छ ।

मंगलबार नेताहरुको हस्ताक्षरमा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ ।

त्यसक्रममा आफ्ना ७३ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ । उनीहरुको तत्काल रिहाइको माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *