कांग्रेसमा दोस्रो चरणको निर्वाचन: ३ हजार ८ सय मत खस्यो

डिसी नेपाल
२८ मंसिर २०७८ २०:५४

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानमा ३ हजार ८ सय बढी मत खसेको छ ।

सोमबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज पुन चुनाव भएको हो ।

निर्वाचन समितिका अनुसार मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ ।

साढे तीन बजेबाट सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको भए पनि त्यसलाई थपेर ९ बजेसम्म बनाइएको समितिले जनाएको छ ।

निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *