कांग्रेस महाधिवेशनः ४५६२ मत खस्यो, मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने

डिसी नेपाल
२८ मंसिर २०७८ २१:५९

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ । चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो ।

कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान सकिएसँगै प्राविधिक विषय मिलाएपछि मतगणना आजै सुरु गर्ने तयारी छ । यसअघि निर्वाचन समितिले १० बजेपछि मतगणना थाल्ने जनाएको थियो । तर मतदान ढिला गरि सकिएकाले गणना सुरु गर्न केही ढिलाइ हुने देखिएको छ ।

मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दाबी गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *