काँग्रेस सभापतिको १३ सय मतगणना गर्दा कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग अग्रता बढाउँदै लगेका हुन् । देउवा र शेखरको मतअन्तर दुई सय कटेको छ ।
एक हजार तीन सय मत गनिसक्दा देउवाले ७६१ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ५२७ मत प्राप्त गरेका छन् । मतान्तर २३४ रहेको छ । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
प्रतिक्रिया
Facebook Comment