सभापतिमा निर्वाचित देउवाले २५ सय मत कटाए, ३८४ मत गन्न बाँकी

डिसी नेपाल
२९ मंसिर २०७८ २:२३

काठमाडौं । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले २५ सय मत कटाएका छन् ।

४१७८ मत गणना गर्दा देउवाले २५०१ मत प्राप्त गरेका हुन् । देउवालाई जितका लागि २२८२ मत आवश्यक हो ।

कुल खसेको ४५६२ मतमा अझै ३८४ मत गन्न बाँकी छ । यति मत गन्न बाँकी हुँदै देउवाले जितभन्दा २१९ मत बढी पाइसकेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले पराजित गरेका प्रतिद्वन्द्वी डा। शेखर कोइरालाले १६४७ मत प्राप्त गरेका छन् । ३० मत बदर भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *