छुरा प्रहार गरी भिनाजुको हत्या
सुनसरी। सुनसरीमा छुरा प्रहार गरी भिनाजुको हत्या गरेको आरोपमा सालोलाई प्रहरीले पक्राउ गरेको छ। ईटहरी उप-महानगरपालिका वडा नम्बर ४ मा ५१ वर्षीय श्री मुरारी गिरीमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सालो पर्ने १९ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको हो ।
सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार राई मानसिक रूपमा अस्वस्थ थिए। उपचारको लागि राईलाई गिरीकै घरमा राखिएको थियो।
घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको थियो। राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment