गरिमा विकास बैंकको नयाँ शाखा बर्दियाको भुरिगाउँमा

काठमाडौं। गरिमा विकास बैंकको नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा भुरिगाउँ शाखा संचालनमा ल्याएको हो ।
भुरीगाउँबाट अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । शाखा विस्तारपछि भुरीगाउँ आसपासनका नागरिकलाई बैंकिङ कारोबार सहज हुने विश्वास बैंकको छ । नेपालभर बैंकिङ सेवा उपलब्ध गराउन बैंकले शाखा विस्तारलाई प्राथमिकतामा दिँदै आएको छ ।
यस सँगै नेपालभर बैंकको शाखा कार्यालय ११६ पुगेको छ । यस्तै, बैंकको १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा दिँदै आएको छ ।
प्रतिक्रिया
Facebook Comment