कांग्रेस महामन्त्रीको मतगणना सुरु

डिसी नेपाल
१ पुष २०७८ १०:१५

काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो। मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *