के गर्भावस्थामा यौनसम्बन्ध राख्नु सुरक्षित छ ?

डिसी नेपाल
१ पुष २०७८ १३:००

तपाईको पार्टनरसँग गर्भावस्थाको कुनै पनि चरणमा यौन सम्बन्ध राख्दा कुनै पनि खतरा नहुने चिकित्सहरु बताउँछन् । तर पनि गर्भवती भएपछि गर्भवती महिलाले धेरै सावधानी अपनाउनुपर्छ । गर्भको अवस्था र गर्भवती महिलाको स्थीति हेरेर गर्भावस्थामा यौनसम्बन्ध राख्नु सुरक्षित मानिन्छ ।

श्रीमान श्रीमतीबीचको सम्बन्ध बलियो बनाउनका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो । सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्धविच्छेदको कारणमध्ये एक उनीहरु बिचको खराब यौन–जीवन पनि हो । यद्यपि दम्पतीबीच हुने यौनसम्बन्धको पनि आफ्नै सीमा र सर्तहरु छन् । जस्तो कि, यौन क्रियाका लागि दुबैको उत्सुकता र सहभागिता हुन आवश्यक हुन्छ ।

कतिपय क्षणमा महिलाहरु विभिन्न शारीरिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । त्यस्तो बेला यौन सम्पर्क गर्दा उनीहरुलाई पीडा हुनसक्छ । तसर्थ यौन सम्बन्धका लागि समय अनुकुल हुनुपर्दछ । जसमध्ये एक चरण गर्भावस्था हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरै दम्पतीमा हुने गरेको पाइन्छ । गर्भावस्थामा महिलामा शारिरिक साथै मानसिक परिवर्तनहरु देखा पर्दछ । त्यस्तोबेला महिला मानसिक र शारीरिक रुपले स्वस्थ, तन्दुरुस्त, खुसी र सुखी हुन जरुरी हुन्छ ।

चिकित्सकहरु भन्छन्, ‘गर्भावस्थामा सामान्य रुपमा चलिरहेको छ भने यौन सम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’ तर, असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

यद्यपि गर्भको चरण वा संवेदनशिलतालाई हेरेर कतिपय अवस्थामा भने यौन सम्पर्क राख्नु उचित नहुने चिकित्सकहरु बताउँछन् । गर्भावस्था सामान्य रुपमा चलिरहेको छ भने यौन सम्पर्क गर्दा गर्भपातको जोखिम हुँदैन । साथै गर्भावस्थामा यौन सम्बन्ध राखे  गर्भवती महिलाको योनीमा हुने संक्रमणको भय पनि हुँदैन । कतिपयले यो पनि भन्ने गर्दछन् की गर्भावस्थामा यौन सम्बन्ध बनाइरहँदा समयभन्दा अगाडि नै बच्चाको जन्म हुन्छ । तर यो भ्रम मात्र हो । गर्भावस्थाको यौन सम्पर्क र समयभन्दा अगाडि बच्चा जन्मनुमा कुनै सम्बन्ध हुँदैन ।

गर्भावस्थाको सममयमा खासगरी हर्मोन्सको परिवर्तनका कारण महिलालाई सम्भोग गर्ने इच्छा तिब्र हुन्छ । तर, महिलाको शारीरिक अवस्था जटिल एवं संवेदनसिल छ भने यौन सम्पर्क गर्दा असुरक्षित हुन्छ । अर्को जिज्ञासा तपाई मनमा उठ्न सक्ला, कुन महिनामा यौन सम्पर्क गर्नु सुरक्षित हुन्छ त ? पहिलो तीन महिनामा यौन सम्पर्क गर्दा गर्भपातको जोखिम बढ्छ । त्यसैले यतिबेला गरिने यौन सम्पर्क असुरक्षित हुन्छ । यसका साथै नवौ महिनामा पनि शारीरिक सम्पर्क गर्नु उचित नहुने चिकित्सहरु बताउँछन् । यसबीचमा भने संयमित ढंगले यौन सम्पर्क गर्न सकिन्छ ।

गर्भावस्थामा कहिले यौनसम्बन्ध राख्नु हुँदैन ?

–अत्याधिक रक्तश्राव भएमा।

–यदि गर्भवती महिलाको एम्नियोटिक तरल पदार्थ बगिरहेमा।

– गर्भको अवस्था कम्जोर भएमा ।

–यदि तपाईको योभन्दा अगाडी पनि गर्भपात भएको भएमा ।

–यदि तपाईको गर्भमा एकभन्दा बढी बच्चा भएमा ।

– गर्भवती महिलाको पेट दुखिरहेमा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *