महामन्त्रीमा हार्ने निश्चित भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए

डिसी नेपाल
१ पुष २०७८ १३:२४

काठमाडौं। नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार भएका रक्षा मन्त्री मिनेन्द्र रिजालले रक्षा मन्त्री पदबाट राजीनामा दिएका छन् । महामन्त्री पदको जारी मतगणनामा रिजाल निकै पछि छन् । आफूले हार्ने निश्चित भएपछि उनले राजीनामाको घोषणा गरेको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *