रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।
कांग्रेस महामन्त्रीको निर्वाचनमा पराजित भएपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन् ।
रिजाल र गगन थापा डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । मतगणनामा पछाडि परेपछि उनले सामाजिक सञ्जालमा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment