स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग
काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिकाले पीपलडाँडा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । ग्रामीण क्षेत्रका बिरामीको स्वास्थ्य उपचारमा पहुँच विस्तारका लागि एम्बुलेन्स उपलब्ध गराएको हो ।ग्रामीण क्षेत्रमा उपचारका लागि यातायातका साधनको अभावले बिरामीको ज्यान जोखिम हटाउन एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले रु २२ लाखमा खरिद गरी स्वास्थ्य चौकीमा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
एम्बुलेन्स पीपलडाँडा स्वास्थ्य चौकीको जिम्मेवारीमा रहे पनि सेवा पीपलडाँडा, हुमीन, हुँगी र फोक्सिकोटलगायतका क्षेत्रका बिरामीलाई अस्पताल ल्याउन सहज हुने अध्यक्ष भण्डारीले बताए ।गर्भवतीलाई स्वास्थ्य परीक्षण तथा प्रसूति सेवाका लागि एम्बुलेन्स निःशुल्क सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । पीपलडाडा स्वास्थ्य चौकीले प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतनसमेतको सेवा प्रदान गर्दै आएको छ ।
Facebook Comment