मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा पक्षका मन्सुर विजयी

डिसी नेपाल
२ पुष २०७८ १६:१६

काठमाडौं । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा पक्षका फरमुल्लाह मन्सुर विजयी भएका छन्।

उनले शेखर कोइराला पक्षका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत ल्याएका छन् ।

महिला, दलित र आदिवासी\जनजाति तर्फका सहमहामन्त्रीको मतपरिणाम आइसकेको छ भने थारू, मधेसी, खस-आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *