सुदूरपश्चिमः थप छ जनामा सङ्क्रमण

डिसी नेपाल
२ पुष २०७८ १९:१५

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८८३ जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार, महाकाली र बैतडी जिल्ला अस्पतालमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि बिहीबार यस प्रदेशमा आठमा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१२ जनाको ज्यान गइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *