कांग्रेस महाधिवेशन अपडेटः खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि

डिसी नेपाल
३ पुष २०७८ २०:३१

काठमाडौं ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा शशांक कोइराला अग्रस्थानमा रहेका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९८८ मतगणना हुँदा कोइरालाले ८१४ मत पाएका छन् ।

उनी शेखर कोइराला र शरबहादुर देउवा दुवै प्यानलमा परेका थिए । ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् ।

स्यमध्ये ११ जना शेखरपक्षकाले अग्रता लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *