दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

डिसी नेपाल
३ पुष २०७८ २०:४८

काठमाडौं ।नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् । देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।

निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ । मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छु निर्वाचन समितिका एक सदस्यले भने । गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *