राससकर्मी विष्ट पुरस्कृत

डिसी नेपाल
४ पुष २०७८ १७:०४

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता विनोदसिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन् ।

विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताका माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो । विष्टलाई आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग महतराजले रु २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका छन्।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो । विष्टसँगै मन्त्रालयले विभिन्न प्रदेशका गरी १० जनालाई सम्मान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *