प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पिसिआर परीक्षण गर्दा झापामा पाँच, मोरङमा चार र इलाममा दुई जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको दमक र बाह्रदशीमा दुई/दुई र शिवसताक्षीमा एक, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा एक/एक, इलामको चुलाचुली र माईजोगमाईमा एक/एकजनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आज आठ महिलासहित १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ रहेको छ ।
प्रतिक्रिया
Facebook Comment