देशको आर्थिक विकासमा सहकारीको टेवाः मन्त्री भँडेल
काठमाडौं । वाग्मति प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेँलले सहकारी क्षेत्रको विस्तार तथा विकासले देशको आर्थिक विकासमा टेवा पुगेको बताएका छन् ।
चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित झझल्को बचत तथा ऋण सहकारी संस्था लिको आज नयाँ भवनको उद्घाटन गर्दै उनले सहकारीको विकास र विश्वास आवश्यक भएको भन्दै उनले चाँगुनारायणको विकासमा आफू लाग्ने बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले यस संस्थामार्फत जनताको विश्वास जितेर काम गर्न सफल भएको भन्दै संस्थाले रकम बचतसँगै उद्यमशील तथा रोजगारीतर्फ जोड दिए ।
नगरप्रमुख मिश्रले सहकारी, निजी सङ्घसंस्था र नगरपालिकाको सहकार्यमा कृषकका लागि कोल्ड स्टोर, तरकारी बजार सञ्चालन गर्न आग्रह गर्दै यसका लागि पालिकाले वार्षिक बजेट विनियोजन गरेको बताए । श्रीकृष्ण माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले २०६५ साल जेठ महिनादेखि २५ जना सदस्यबाट सुरु गरेको सो सहकारीले हाल दुई हजार ७६५ सदस्य बनाइसकेको संस्थाका अध्यक्ष मेनाज गिरीले जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव सुरज बास्तोलाले चाँगुनारायण क्षेत्रमा सबभन्दा ठूलो आफ्नै भवनमा संस्था सञ्चालन गर्न सफल भएको बताए ।
Facebook Comment