कोरोनाबाट सुरक्षित रहन सचेतना अभियान

डिसी नेपाल
४ पुष २०७८ २२:५०

काठमाडौं । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले बगनासकाली गाउँपालिकाभित्र कोरोना सङ्क्रमणको उच्च जोखिमबाट सु्रक्षित रहन सचेतना अभियान थालेको छ । गाउँपालिकाभित्रका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सहकारीका पदाधिकारीलाई सहकारीले कोरोनाविरोधी सचेतना अभियान सञ्चालन गरी नागरिकलाई सुरक्षिता बनाउन थालेको हो ।

कोरोना भाइरसका नयाँनयाँ स्वरूप देखिएका बेला सहकारीले साताव्यापी अभियान गरी नागरिकलाई कोरोना सङ्क्रमणबाट जोगाउन अभियान सञ्चालन गरेको सहकारीका अध्यक्ष कृष्ण भुषालले बताए । बगनासकाली गाउँपालिका पाल्पामा उच्च जोखिम रही धेरैले ज्यान गुमाउन परेको थियो । जिल्लामा ज्यान गुमाउने सङ्ख्या यो गाउँपालिकामा उच्च रहेकोले कोरोना सङ्क्रमणबाट जोखिम सचेतना तथा जोखिम न्यूनीकरणसम्बन्धी अभियान नै सञ्चान गरिएको सहकारीका अध्यक्ष भुषालले बताए । यो गाउँपालिकाभित्र ४३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका थिए ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख विश्वमणि न्यौपानेले कोभिड–१९ को नयाँ स्वरूप, कोरोना भाइरस सर्ने तरिका, त्यसको लक्षण तथा त्यस रोगबाट जोगिने तरिकासम्बन्धी सचेतना गरिएको बताए । सचेतना कार्यक्रममा खोप लगाए पनि मास्क, सेनिटाइजर तथा साबुनपानीले हात सफा गर्ने, सामाजिक दूरी पालना गर्नलाई अनिवार्य गर्दा कोरोना सङ्क्रमण फैलिन नपाउने प्रमुख न्यौपानेले बताए ।

सहकारीका सचिव कमल तिमिल्सेनाले गाउँपालिकाभित्रका स्वास्थ्य चौकीमा आवश्यक पर्ने कोरोना परीक्षण सामग्री वितरण गरिएको बताए । गाउँपालिकाभित्रका स्वास्थ्य संस्था कोरोना परीक्षणलाई प्रभावकारी बनाउन स्वास्थ्य सामग्री वितरण गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *