रविन्द्र मिश्रद्वारा अवैधानिक हस्तक्षेप भएको भन्दै अन्तराष्ट्रिय समिति संयोजक भट्टको आपत्ति

डिसी नेपाल
५ पुष २०७८ १७:५२

काठमाडौं । विवेकशील साझा पार्टीका अन्तराष्ट्रिय समिति संयोजक सुरेश भट्टले समितिमा अध्यक्ष रविन्द्र मिश्रले अवैधानिक हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।

मिश्रले पुस १ मा भट्टलाई अन्तर्राष्ट्रिय समितिका संयोजकको भूमिकाबाट हटाएका थिए । पार्टीलाई पश्चगामी बाटोमा लैजान विधान र एकिकरण सम्झौता च्यातेर आफूलाई कारबाही गरिएको आरोप भट्टको छ।

अन्तर्राष्ट्रिय सद्भाव समितिमा अध्यक्ष रविन्द्र मिश्रको अवैधानिक हस्तक्षेपप्रति आपत्तिः

यही २०७८ साल पुष १ गते रवीन्द्र मिश्र नेतृत्वको अवैधानिक वैठकले ‘अन्तर्राष्ट्रिय समितिका संयोजकको भूमिका ‘विविध कारणुले परिवर्तन गर्नु पर्नेू भन्दै गरेको तथाकथित निर्णयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

यही अवैधानिक निर्णयको आधारमा हाल अन्तर्राष्ट्रिय समितिमा समानान्तर ढंगले बैठक आयोजना गर्ने र एकिकरण घोषणापत्र विपरित नेतृत्व अपदस्थ गर्ने क्रियाकलाप समेत भइरहेको जानकारी आएकाले अन्तर्राष्ट्रिय समितिका सदस्यहरुलाई यसमा संलग्न नहुन सचेत गराउन चाहन्छु।

साथै, पार्टी स्थापनाका आधार, मतदाताहरुको मतादेश तथा पार्टी एकिकरणको घोषणापत्र विपरित संविधानविरोधी, व्यवस्थाविरोधी, परिवर्तनविरोधी, युवा-महिलाविरोधी तथा प्रवासमा रहेका पार्टी सदस्यरशुभेच्छुक विरोधी पश्चगामी बाटोमा पार्टी लैजान विधान र एकिकरण सम्झौता च्यातेर भैरहेका गतिविधिप्रति प्रवासमा रहेका सदस्यहरु सहमत नभएको र विभिन्न देशका नेतृत्वकर्ताहरूले राजीनामा समेत दिनुभएको जगजाहेर छ ।
अतः वैकल्पिक राजनीति र विवेकशील साझा पार्टीलाई यसको वास्तविक पहिचान र धरातलमा अघी बढाउन म सक्षम रहेको जानकारी गराउँदछु।

सुरेश भट्ट
अन्तराष्ट्रिय समिति संयोजक
तथा केन्द्रीय समिति सदस्य विवेकशील साझा पार्टी
मितिः २०७८ पुष ५




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *