माओवादी केन्द्र बागमती प्रदेशको मतदान सकियो

काठमाडौं । माओवादी केन्द्रको बागमती प्रदेश समितिको पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ ।
सोमबार बानेश्वरको अनुपम फुडल्याण्डमा भएको मतदान सकिएको हो ।
मतदान सकिएसँगै मुचुल्का उठाउने काम हुदैछ । आजै मतगणना सकाउने माओवादी केन्द्रले जनाएको छ ।
९ पदाधिकारी का लागि २७ जनाको उम्मेदवारी परेको छ।
अध्यक्ष पदमा दीनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया
Facebook Comment