जंगली भालुकाे आक्रमणबाट युवती गम्भीर घाइते

डिसी नेपाल
६ पुष २०७८ ११:२४

डाेटी। डाेटी जिल्लाकाे केआइसिंह गाउँपालिका-४ वायलमा जंगली भालुकाे आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा ३८ वर्षीया पपी विष्ट रहेकी छन्।

बासकाेटा बाेकडाडामा घाँस काट्न गएकाे बेलामा विष्टलाई भालुले आक्रमण गरेकाे थियाे। भालुकाे आक्रमणबाट उनकाे टाउकाे, छातीलगायत शरीरका अन्य भागमा पनि चाेट पुगेकाे छ ।

घाइते विष्टकाे दिपायलमा उपचार भइरहेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *