नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन आजबाट

काठमाडौं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आजबाट सुरुहुँदै छ।६ वटा अन्य प्रदेश सहित केन्द्रीय अधिवेशन सम्पन्न भइसकेपछि प्रदेश २ को अधिवेशन हुनलागेको हो। क्रियाशील सदस्यता विवाद लामो समयसम्म समाधान हुन नसकेपछि प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सकेर गर्ने कांग्रेस शिर्ष नेतृत्वबीच सहमती भएको थियो।
प्रदेश सभापतिका लागि शेरबहादुर देउवा समूहबाट रौतहट जिल्लाका पूर्वसभापति कृष्ण यादवलाई अघि सारिएकाे छ। विमलेन्द्र निधि समूहबाट प्रदेश २ सरकारका भौतिक तथा पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादवलाई अघि सारिएकाे छ।
रामसरोजलाई शेखर कोइराला समूहलेपनि समर्थन गरेको बताइएको छ। प्रदेश निर्वाचन समितिका अनुसार,आज उम्मेदवारको मनोनयन दर्ता गर्ने र भोली (बुधवार) निर्वाचन हुने कार्यतालिका रहेको छ।प्रदेश २ का आठ वटै जिल्लामा जिल्ला अधिवेशनपनि भएको छैन। प्रदेश अधिवेशनका १ हजार ९२० प्रतिनिधि चयन भएका छन् ।
Facebook Comment