अबराेधकाबीच फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत, प्रतिनिधिसभा बैठक स्थगित

डिसी नेपाल
६ पुष २०७८ १३:५४

काठमाडौं। प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो।

यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको थियाे। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई स्वीकृत गरेको हो।

यसअघि सांसद् प्रेम सुवालको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचनालाई बैठकले अस्वीकृत गरेको थियो।

यसपछि निर्णायार्थ प्रस्तुत गरिएको सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो। प्रतिनिधिसभाको बैठक एमाले सांसदहरू अबराेध गरेका थिए। तर, एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई अगाडि बढाएका थिए।  प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *