भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २ सय पुग्यो

डिसी नेपाल
६ पुष २०७८ १५:०७

नयाँ दिल्ली। भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन दिन प्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म भारतमा  २०० जना ओमिक्रोन संक्रमित भएका छन् । ती मध्ये ७७ जना विदेशबाट आएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै ओमिक्रोन संक्रमित भेटिएका छन् । महाराष्ट्र र दिल्लीमा ५४ जना ओमिक्रोन संक्रमित फेला परेका छन् भने तेलंगनामा २० जना र कर्नाटकमा १९ जना संक्रमित देखिएका छन्। त्यस्तै, राजस्थान, केरला र गुज्रातमा क्रमशः १८, १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३२६ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोभिडबाट चार लाख ७८ हजारको मृत्यु भएको छ । भारतमा अझै पनि ७९ हजार सक्रीय संक्रमित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *