युवतीको शव फेला

काठमाडौँ ।लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ ।
आज साँझ करीब ५ः३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडिमा अन्दाजी २० वर्षीय युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।
शब भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया
Facebook Comment