भारतमा ओमिक्रोन संक्रमण बढ्दो, संक्रमितको संख्या २१३ पुग्यो
नयाँ दिल्ली। भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित संख्या २१३ पुगेका छन् । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार सबै भन्दा बढी ओमिक्रोन संक्रमित दिल्ली र महाराष्ट्रमा रहेका छन्।
ओमिक्रोन संक्रमित दिल्लीमा ५७ जना र महाराष्ट्रमा ५४ जना पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० जना ठिक भएर डिस्चार्ज भएका छन्।
यसैबीच, भारतमा थप ६ हजार १ सय १७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा ३१८ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९०६ जना कोरोना संक्रमण निको भएका छन्।
प्रतिक्रिया
Facebook Comment