‘आर्थिक समृद्धिको लडाइँ लड्नुपर्छ’

काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले हिजोको दिनमा राजनीतिक स्वातन्त्रताको लागि लडेकाले आज आर्थिक समृद्धिको लडाइँ लड्नुपर्ने बताएका छन् । भूमे गाउँपालिकामा आयोजना गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रम, २०७८ मा उनले संविधानमै समाजवादउन्मुख राष्ट्र निर्माणको कुरा समावेश भएकाले यो कुरालाई सार्थकता दिन हिजोको दिनमा राजनीतिक लडाइँ गरेकाले आजको दिनमा आर्थिक समृद्धिको लडाइँ गर्नुपर्ने धारणा राखे ।
अहिलेको खेती प्रणालीले मानिसको जीवनस्तरलाई माथि उकास्न मुस्किल पर्ने भएकाले कृषकले परम्परागत प्रणालीलाई छोडेर आधुनिक प्रणाली अपनाउनुपर्ने उनले बताए। “जीवनमा क्रान्ति आए समाजवाद स्थापना हुन्छ”, सभामुख घर्तीले भने, “अहिले हामीले बिताइरहेको अभावको जिन्दगीको यात्रा कृषिको क्षेत्रबाटै अगाडि बढाऔँ ।” नेपाल आफैँमा पनि कृषि प्रधान देश र रुकुम(पूर्व) लुम्बिनी प्रदेशको एक मात्र ‘अर्गानिक’ जिल्ला भएकाले यहाँका कृषकले निर्वाहमुखी खेती प्रणालीलाई त्यागी व्यावसायिक खेतीमा लाग्नुपर्ने भनाइ उनको थियो ।
Facebook Comment