दलित खुला र महिलातर्फको कांग्रेस केन्द्रीय सदस्यमा को-को निर्वाचित भए ? (सूचीसहित)

काठमाडौं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन समापन भएको एक साता बितिसक्यो। तर पनि विभिन्न क्लस्टरबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको मतगणना जारी छ।
बिहीवार सार्वजानिक भएको मतपरिणाम अनुसार दलित खुलातर्फको केन्द्रीय सदस्यमा मानबहादुर नेपाली नेपाली,प्रकाश रसाईली स्नेही,नृपबहादुर वड,हरिशरण नेपाली,मैकुलाल बाल्मिकी निर्वाचित भएका छन्।
५ जनाको लागी भएको निर्वाचनमा रसाईलीमात्र कोइराला समूहका हुन्। बाँकी सबै देउवा समूहबाट निर्वाचित भएका हुन्।त्यस्तै दलित महिलातर्फको केन्द्रीय सदस्यमा लक्ष्मी परियार,सुजाता परियार,शान्ति परियार,रुपा विश्वकर्मा निर्वाचित भएका छन्।
खसआर्य तर्फको केन्द्रीय सदस्यको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment