कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

जनकपुरधाम। नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ। ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे।
प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन्। मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ। ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भइरहेकाे हाे।
प्रतिक्रिया
Facebook Comment